2076-12-12

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्लाण्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र

हरिहरभवन, ललितपुर

(सूचना प्रकाश मिति २०७/१२/१०)

 

शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना

यस केन्द्रको निमित्त आवश्यक तपशिलमा उल्लेखित National Agricultural Pest Database Software खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मु.अ.क.मा दर्ता भएका इच्छुक फर्म वा संस्थालाई यस केन्द्रमा रीतपूर्वक शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

  • दरभाउपत्र फाराम खरिदको लागि अद्यावधिक नवीकरण गरेको व्यवसाय दर्ताको इजाजतपत्र, अद्यावधिक नवीकरण फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि करमा दर्ता प्रमाणपत्र र आ.व. २०७/०७ को कर चुक्ता गरेको प्रमाणपत्र वा आ.व.२०७/०७ को कर विवरण पेश गरेको सोको प्रमाण लगायतका कागजातहरुको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि र तपशिलमा उल्लेखित दरभाउपत्र फारामसाथ जमानत रकम यस केन्द्रको कोड नं. ३१२००३४०४, को.ले.नि.का., ललितपुरको नाममा रहेको धरौटी खाता नं. १८०२००००००००३०००००५१ ख ३ मा जम्मा गरेको सक्कलै भौँचर वा नेपाल राष्ट्र बैँकबाट "" वर्गको मान्यता प्राप्त बैँकबाट यस केन्द्रको नाउँमा जारी गरिएको कम्तीमा ७५ दिन म्याद भएको जमानीपत्र (विडवण्ड) दरभाउपत्र साथ पेश गर्नुपर्नेछ यसरी पेश गरिने जमानत वापतको भौँचर वा विडवण्ड यो सूचना प्रकाशित भएको मिति पछि जारी भएकोलाई मात्र मान्यता दिइनेछ
  • दरभाउपत्र पाईने स्थान, दर्ता गर्न सकिने र खोलिने स्थानः- प्लान्ट क्वारेन्टीन एवं विषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुर ।
  • दरभाउपत्र फाराम खरिद गर्ने अन्तिम मितिः सूचना प्रकाशन भएको मितिले १५ औँ दिनसम्म ।
  • दरभाउपत्र दर्ता गर्ने र खोल्ने मिति एवं समयः क्रमशः सूचना प्रकाशन भएको मितिले १६ औँ दिन सम्म कार्यालय समयको मध्यान्ह १२:०० बजेसम्म र सोही दिनको मध्यान्ह २:०० बजे
  • फाराम खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन बिदा परेमा उक्त कार्यहरु बिदापछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।          
  • दरभाउपत्र सम्बन्धी विस्तृत सूचना यस केन्द्रको वेभसाइट  www.npponepal.gov.np मा हेर्न सकिनेछ । साथै दरभाउपत्र सम्बन्धी थप जानकारी आवश्यक परेमा यस केन्द्रको प्रशासन तथा योजना शाखा वा टेलिफोन नं. ०१-५०१०१११/ ५५२४३५२   मा सम्पर्क गर्न सकिनेछ ।
  • अन्य कार्यविधिहरु सार्वजनिक खरिद ऐन , २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार हुनेछ  
  • प्रस्तुत सफ्टवयर केन्द्रले पूर्ण वा आंशिक रुपमा खरिद गर्न वा खरिद प्रक्रिया कुनै कारणबस जुनसुकै बेला रद्द गर्न सक्नेछ ।

तपशिल

प्याकेज नं.१ 

विवरण: National Agricultural Pest Database Software

इकाई: Package

परिमाण: १ 

दरभाउपत्र फाराम दस्तुर: १००० /- 

जमानत वापतको रकम: ५८,५०० /-

कैफियत:

 

Title for English
Notice for Software Purchase