क्वारेन्टिन कार्यालयबाट देहाए बमोजिमका मुख्य कार्यक्रम एवम्  क्रियाकलाप सञ्चालन गरिन्छ :

  • आयातित बिउ, बिरुवा तथा बिरुवाजन्य वस्तुको पैठारी इजाजत पत्र प्रदान गर्ने ।
  • निर्यातित बिउ, बिरुवा तथा बिरुवाजन्य वस्तुको लागि बिरुवा स्वस्थ्यको प्रमाणपत्र प्रदान गर्ने ।
  • पोष्टइन्ट्री क्वारेन्टिन सर्भे गरी निरीक्षण गर्ने र प्रतिवेदन तयार गर्ने ।
  • आयात निर्यात कृषिजन्य वस्तुको प्रयोगशाला परीक्षण ।
  • आयात निर्यात कृषिजन्य वस्तुका अभिलेख अध्यावधि गर्ने ।
  • प्लाण्ट क्वारेन्टिन जनचेतना अभिवृद्घि मूलक कार्यक्रम सञ्चालन गर्ने ।

 

क) बिरुवा स्वस्थ्यको प्रमाणपत्र वितरण तथा निर्यात विवरण :
बिरुवा र बिरुवा जन्य उपजहरूको निर्यात सँगै हानिकारक रोग, कीरायुक्त वस्तुहरू विस्तार नहुन भनि अन्तराष्ट्रिय बाली संरक्षण महासन्धि र बिरुवा संरक्षण ऐन र नियमावलीले गरेको व्यवस्था अनुसार निर्यात गरिन लागेका वस्तुहरूमा तिनिहरूको स्वस्थ्यता परीक्षण गरि स्वस्थ पाईएमा बिरुवा स्वस्थ्यको प्रमाणपत्र प्रदान गरिन्छ । बिरुवा संरक्षण ऐन, २०६४ र नियमावली २०६६ को अधिनमा रही कृषि/वनजन्य वस्तुहरूको निर्यातमा यस क्वारेन्टिन कार्यालयबाट आ.ब.२०७५/७६ मा ६४ वटा बिरुवा स्वस्थ्यको प्रमाणपत्र प्रदान गरियो ।

ख) आयात इजाजत पत्र वितरण तथा आयात विवरण:
नेपाल भित्र विदेशबाट खासगरि चिनबाट उपभोग्य तथा अन्य उद्देश्यले बिरुवा र बिरुवा जन्य उपजहरूको आयात गरिन्छ । आ.ब.२०७५/७६ को वार्षिक अवधिमा १२६४ वटा आयात इजाजत पत्र प्रदान गरिएको छ । आयात हुने वस्तुहरूमा मुख्यतया स्याउ, लसुन, नास्पाती, ओखर र केही धानको बिउको आदी छन् ।

ग) पोष्टइन्ट्री क्वारेन्टिन निरीक्षण गर्ने र प्रतिवेदन तयार गर्ने:
यो नाकामा हाल सम्मको रेकर्ड अनुसार चिनबाट मात्र बिरुवा जन्य उपजहरू बिउ तथा उपभोगको लागि आयात गर्ने गरिएको छ । प्रसारणको लागि नाकाबाट इन्ट्री भैसकेका बिउ र बिरुवाजन्य उपज कृषकहरूले आफ्ना खेतबारीमा लगाई सकेपछि त्यसको यथार्थ अवस्था बुझ्न कृषकहरूका खेतबारीमै गई पोष्टइन्ट्री क्वारेन्टिन निरीक्षण गर्ने गरिन्छ । नियमित रूपमा कार्यक्रममा तोके बमोजिम यस आ.व.मा १२ पटक पोष्टइन्ट्री क्वारेन्टिन निरीक्षण सम्पन्न गरियो ।

घ) आयात निर्यात अनुगमन र व्यवस्थापन :
आयात निर्यात अनुगमन र व्यवस्थापन कार्यक्रममा कार्यक्षत्र भित्र विभिन्न तरिकाले नियमित अनुगमन गर्ने र आईपरेका समस्या उपर आवस्यक व्यवस्थापन गर्ने गरिन्छ ।

ङ) क्वारेन्टिन सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम :
नेपाल भित्र विदेशबाट खासगरि चिनबाट उपभोग्य तथा अन्य उद्देश्यले बिरुवा र बिरुवा जन्य उपजहरूको आयात हुने हुनाले तिनमा गरिनु पर्ने क्वारेन्टिन प्रकृयाहरूका बारेमा उपयुक्त जानकारी गराउने उद्देश्यले सरोकारवालाहरू विच विभिन्न समन्वय बैठकहरू राखि सो कार्यक्रम सञ्चालन गरियो ।