• कृषिजन्य वस्तुहरूको निर्यात प्रवर्धनमा सहजता ल्याउने ।
  • बीउ, बिजन तथा बिरुवाजन्य उपजको स्वस्थ आवागमनका लागि स्तरीय सेवा प्रदान गर्ने ।
  • आयातित / निर्यातित बीउ र बिरुवा उपज सँगसँगै संक्रामक रोग, किरा, झारपात आदिको प्रवेश र विस्तारलाई नियन्त्रण गर्ने ।
  • मानव तथा पर्यावरणीय स्वस्थ्यता र स्वच्छता प्रत्याभूति हेतु जैविक विविधताको संरक्षणमा सहयोग पुर्‍याउने ।

बिरुवा र बिरुवाजन्य उपजहरू मात्र विश्वमा नफैलिई रोग, किरा र झारपात समेत नयाँ राष्ट्रहरूमा स्थापित भए देशको कृषि अर्थतन्त्र/पर्यावरण संरक्षण/उत्पादन/निर्यात प्रबद्र्धनमा प्रतिकूल असर पर्न जान्छ, यसका केही ज्वलन्त उदाहरणहरू :

  • अमेरिकाबाट आयातित अंगुरसँगै भित्रिएका सेतो ढुसी, लाही किरा र धूलो ढुसीको कारण युरोपको व्यवसायिक अंगुर खेती पुरै असफल ।
  • आयरल्याण्ड बाट आयातित आलुबाट मध्य अमेरिकामा डढुवा रोगको शुरुवात ।
  • भारतमा श्रीलङ्काबाट केराको बञ्चीटप भाईरस भित्रिई हानिकारक रोगको रूपमा स्थापित ।
  • पूर्वी अफ्रिकाबाट भित्रिएको कफि रस्टले श्रीलङ्काको कफी व्यवसाय नै सखाप
  • अमेरिकाको कपासको घुन किरा मेक्सिको भित्रिनाले कपास उत्पादन मै ह्रासको स्थिति

आयातित-निर्यातित वस्तु सँगसँगै आश्रय लिएर बसेका विनाशक प्रकृतिका रोग, किरा, झारपात आदि विश्वभरी फैलिनाले यसबाट मुक्त पाउन विकसित राष्ट्रहरूबाट विभिन्न प्रयासहरू भए । नेपालमा पनि प्रसारण र खाद्य प्रयोजनका लागि ल्याईएका कृषि/वन जन्य वस्तुहरू  मार्फत नयाँ रोग, किराहरू भित्रिएर महामारीको रूपमा फैलिई स्थापित भएका विभिन्न उदाहरणहरू छन्ः जस्तै सुन्तलाको ग्रिनिङ्ग रोग र ट्रिस्टिजा भाईरस, स्याउको भुवादार लाही, वनमारा झार, क्लब रुट, आलुको पुतली/खैरो पीपचक्के रोग/ ऐंजेरु, धानको डढुवा रोग आदी